Rashtriya Dainik

नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता छ : मन्त्री ढकाल

कृष्ण ढकाल / नवलपरासी ,१९ साउन

अल्पमतको सरकार र मिलिजुली सरकार सबैमा रहेर काम गरेको नेकपा एमालेलाई अब एकल बहुमतको सरकारको आवश्यक्ता रहेको लुम्बिनी प्रदेशका भौतिक निर्माण तथा सिंचाई मन्त्री भुमिस्वर ढकालले बताउनु भएको छ ।

नेकपा एमाले बर्दघाट नगर कमिटिले आयोजना गरेको घरफर्क अभियानलाई सम्बोधनगर्दै मन्त्री ढकालले उक्त कुरा बताउनु भएको हो । अल्पमतको सरकार र मिलिजुली सरकारमा रहेर काम गर्दा जनताले चाहे अनुसारका कामहरु गर्न सहता नभएका कारण अब नेकपा एमालेले एकल बहुमतको सरकार बनाएर जनताका अति आवश्यकता कामहरु पुरा गर्नुपर्ने दायित्व एमालेको काँधमा आएको बताउनु भएको थियो ।

एमालेको निति ,सिद्धान्त र विचार जनमुखि रहेकाले अब मिसन ८४ मा एकल बहुमतको सरकार बनाउनमा कुनै पनि पार्टीले अवरोध नगर्ने गरी अघि बढ्न नेता कार्यकर्ताहरुलाईआग्रह गर्नु भयो ।

नेकपा एमाले बर्दघाट नगर कमिटिका अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको अध्यक्षता र सचिव शोभाकान्त कोईरालाको सञ्चालनमा भएको घरफर्क अभियान कार्यक्रममा पार्टीमा समाहित हुनुभएका रुक्मागत ज्ञवाली,प्रदेश कमिटिका सदस्य एकदेव पाण्डे, जिल्ला सल्लाहकार आर.सी. पराजुली,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,केन्द्रिय सदस्य बिमला अर्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित