वीरगन्ज ,१८ श्रावण
पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको विभिन्न किसिमको सामानहरु बरामद गरेको छ।
वीरगन्जको विभिन्न क्षेत्रहरुबाट अवैधरुपले भित्राएको मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतहरुबाट खटिएको प्रहरी टोलीहरुले चोरी छलि पैठारी गरि ल्याएको मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु करिब ८० लाख रुपैया बराबरको सामानहरु पक्राउ गरि आवशयक कार्याबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

