अनिल बनिया / नवलपरासी ,१७ साउन पश्चिम नवलपरासीको सुनवलमा गएराति १ बजे समयमा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ किर्तिपुर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ८१ प १४०८ नं को स्कुटर आफै अनियन्त्रित भई सडकमा रहेको सिमेन्टको डिभाइडरमा ठोकिदा स्कुटर चालक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। सुनवल नगरपालिका १ शान्तिटोल बस्ने बर्ष ४५ को अम्बिका श्रेष्ठको शरिरको विभिन्न भागमा चोट लागि घाईते भई उपचारको लागि देवदह क्लिनिक सुनवलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लागेका थिए । उपचारको क्रममा ३ बजे मृत्यु भएको, शवलाई पाेष्टमार्टम गरे पश्चात आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।