पाल्हि सहकारी संस्थाको ८५ लाख रकम हिनामिना

रंजीत शर्मा/नवलपरासी १६ साउन

देश भरमा सहकारीको पैसा हिनामिना काण्डले पश्चिम नवलपरासी पनि बाकी रहेन।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ०४ पाल्हि स्थित पाल्हि बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढि रकमको हिनामिना भएको छ ।

सामाजिक सञ्जालमा यति बेला निकै भाइरल भई रहेको यो घटना पाल्हि बहुमुखी सहकारी संस्थाको आर्थिक वर्ष २०७९/८० को कार्यसमिति र व्यबस्थापकको गैरजिम्मेवारी तरिकाको कारण हाल सम्म लेखा परीक्षण हुन सकेको थिएन। गत असार २९ गते लेखा परीक्षण भई कर चुक्ता लिएका छन्। हाल अहिले २०८०/०८१ को लेखा परीक्षण बाँकी नै रहेको छ ।

व्यवस्थापक मुनलाल यादवले गत आर्थिक वर्ष सम्म लिएकाे पेस्की ३७ लाख १ हजार ९ सय ९० रूपयाँ हाल सम्म फर्छ्यौट गराउन सकेका छन् भने भएको छैन् संस्थाको ४८ लाख ७८ हजार ७ साय ६५ रूपयाँ सम्म नगद मौज्दात गरी कुल ८५ लाख ८० हजार ७ सय ५५ रूपयाँ अपचलन भएको लेखा परीक्षण प्रतिवेदनले देखाएको हो ।

पुरुष ९७९ र महिला ३९७ गरी कुल १३७६ सदस्य रहेको यस संस्था हाल व्यवस्थापक मुनालाल यादवको कारण यस वर्ष जोखीम कर्जा कोषमा समावेश ४१ लाख ४१ हजार ९ सय ७९ रूपयाँ बाहेक ८ लाख १ हजार ९१ रूपयाँ नोक्सान रहेको देखिएको छ।

विगतमा मुनाफामा संचालित आफनै उपयुक्त स्थानमा जग्गा र कम्पाउन्ड, गोदाम र नयाँ पुरानो भवन समेत भएको तथा जोखिम कर्जा कोष बाहेक रु. १ करोड ८ लाख ११ हजार ८७ रूपयाँ विभिन्न कोषमा रकम भएको यस संस्था यसरी नोक्सानमा जानु सञ्चालक समिति तथा व्यवस्थापकको कमी कमजोरीका कारण भएको स्पष्ट रूपमा देखिन्छ ।

यसरी व्यवस्थापक मुनलाल यादव र सञ्चालक समितिका कारण ८५ लाख भन्दा बढि रकम हिनामिना भएको तथा ४१ लाख भन्दा बढी घाटामा रहेकोका कारण संस्था मार्फत वितरण हुने मल,बीउ,ऋण आदिको लाभ जनताले लिन सकेका छैनन्।

संस्थाका अध्यक्ष राजकिशोर गुप्ताका अनुसार “संस्थाको संचालक समितिको बैठकले व्यवस्थापकले लिएको पेश्की र नगद मौज्दातको हरहिसाब दिन तथा बाकी पैसा खातामा जम्मा गर्न पटक पटक निर्देशन दिए पनि हाल सम्म जम्मा नगरेकोले अन्तिम पटक साउन १५ गते सम्म व्यवस्थापकले म्याद लिएका बताए। उनले भने व्यवस्थापक मुनलाल यादवले साउन १५ गते सम्म म्याद लिएका थिए तर हाल सम्म खातामा पैसा जम्मा न गरेको बताए । त्यस्तै व्यवस्थापक मुनलाल यादवले हिसाबकिताब मिलान गर्न अझ समय लाग्ने बताए।

यसरी हेर्दा देशभर सहकारीले गर्दा लाखौं जनता पीडित भई रहँदा हाल पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४,५,६ र रामग्राम नगरपालिका वार्ड नं ९ का जनता पिडित भएका छन्। व्यवस्थापकले नै लाखौंका रकम हिनामिना गरेका हुनाले जनता पिडित भएका छन्। अपचलित रकम असुल गरी ऋण लगानी तथा जोखिम कर्जा कोषमा लागि सो बराबरको रकम नोक्सान कट्टा गरी संस्थाको वासलातमा सन्तुलन गर्न सकिने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पिडितहरु आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!