प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

नवलपरासी /१६ साउन

पश्चिम नवलपरासीको प्रतापपुरबाट प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- १ भिठ्ठा बस्ने बर्ष २८ को अजय यादव रहेका छन ।

प्रहरीका अनुसार यादवलाई मंगलबार राती १० बजेको समयमा बाउनगढीस्थित भित्री सडकखण्डमा अमहवादेखी गोपिगंज तर्फ आउदै गरेको युपि ५६ एक्स ००४२ नम्बरको भारतीय मोटरसाइकलमा आउदै गर्दा शंका लागि ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र लुकाई ल्याएको प्रतिबन्धित लागुऔषध फेला पारी पक्राउ गरिएको हो ।

चेकजाँज गर्नेक्रममा उनको साथबाट प्रोसिको स्पास ४७७ ट्याब्लेट, नाईट्रोभेट ८८ ट्याब्लेट, ओनिरेक्स- १०० एमएलको ३ सिसि र सिरिङ्ज २ थान र मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

उनलाई बुधबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बोहराले बताए।

प्रतिबन्धित लागुऔषध मुद्धामा दोषी भए लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी ब्यबस्था रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!