Rashtriya Dainik

सरावलमा पुरुष मृत अवस्थामा फेला

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ साउन

साइकल सहित ललितपुर बडसार सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभार निवासी अन्दाजी ५७ वर्षीय बर्मा चाैधरी मृत अवस्थामा मंगलबार दिउँसो फेला पर्नुभएको हो ।

साइकल सहित पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुर बडसार सिमानामा पर्ने पुल नजिक सुतेको अवस्थामा देखिएको बताइएको छ ।

पारिवारिक स्राेतका अनुसार निचलाैल भारत औषधि लिन गएको र फर्किने क्रममा मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा परिवारका ब्यक्तिहरुकाे उपस्थितिमा शव पृथ्वीचन्द्र अस्पताल लगिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धानको काम अघि बढाएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित