Rashtriya Dainik

पाल्हीनन्दन गाउँपालिकाको नीति तथा कार्यक्रम:गुणस्तरीय स्वास्थ्य,शिक्षा देखि किशान कार्डको सम्म

रंजीत शर्मा/ नवलपरासी, १५ साउन।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता ( दीपक ) ले गाउँपालिकाको १७ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य,शिक्षा देखि किशान कार्डलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने ,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।

विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षामा जोड, सबै प्रकारका व्यवसायलाई अनिवार्य दर्ता,अङ्ग्रेजी माध्यममा अध्यापन,सूचना केन्द्रको स्थापना,
प्रत्येक वार्डमा खेलकूद मैदान निर्माण र प्रतियोगीता गरिने लगायतको कार्यक्रम समेटिएको छ।

गाँउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारी(सकिना) ले ५२ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा बितिय सामानिकारण अनुदान तर्फ ११ करोड ६३ लाख,सशर्त तर्फ २१ करोड ३२ लाख ,समपुरक अनुदान ७५ लाख ,बिशेष अनुदान तर्फ १ करोड ५० लाख ,राजस्व बाडफाड तर्फ ९ कराेड ३९ लाख,प्रदेश सरकारबाट बितिय अनुदान तर्फ ८० लाख ५३ हजार रकम रहेकाे बताएकी छिन्।

आजै निति तथा कार्यक्रम र आर्थिक ऐन २०८१ पारित भएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दलाल कोहारले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित