Rashtriya Dainik

गण्डक ब्यारेज नाकामा लागू औषध सहित दुई व्यक्तिलाई सुरक्षा निकायद्वारा नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,१५ साउन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ गण्डक ब्यारेज नाकामा लागू औषध सहित दुई व्यक्तिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ।

सिमापार भारतिय टंकीबजारको औषधि पसलबाट लागू औषध लिइ आउने व्यक्तिहरुलाई ई.प्र.का. त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीको जनशक्तिले पक्राउ गरेको हो।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका बस्ने वर्ष ३६ को छन्नु हरिजन र सोही ठाउँ बस्ने वर्ष ३७ को शुक्रीम भरले लागू औषध लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा संयुक्त सुरक्षा निकायले नियन्त्रणमा लिएको ई.प्र.का. दुम्किबासका प्रहरी निरीक्षक पदम थापाले जानकारी दिनुभयो।

प्रहरीले बरामद गरेको लागू औषमा ओरनेक्स १०० एमएलको १४ शिसी, स्पास्मोकेन १८० क्याप्सुल र नाइट्रोभेट केन ४५ ट्याबलेट लुकाइ ल्याउदै गरेको अवस्थामा सूक्ष्म ढंगको चेकजाँचबाट व्यक्ति र लागू औषध बरामद गरिएको प्रहरीले बताएको छ।

लागू औषध सहित बोकि आउने व्यक्तिहरुलाई थप कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुर पठाउने कार्य भैरहेको ई.प्र.का. त्रिवेणीले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित