Rashtriya Dainik

राजनैतिक बैचारिक प्रशिक्षण मार्फत भम्र चिर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ ।

पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक प्रशिक्षण संचालन गरेर नेता कार्यकर्तालाई प्रस्ट पार्ने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो ।

पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम प्रशिक्षण कार्यक्रम तयारी गर्नका लागि जिल्ला कार्यालयको बैठक समेत मंगलवार सम्पन्न भएको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यस्तो बर्हिगमन वा पार्टी एकता असफल भन्ने कुनै परिघटना नदेखिएकोले यसको अध्ययन र थप प्रष्टताका लागि राजनैतिक बैचारिक प्रशिक्षण गर्ने उहाँको भनाई छ ।

सो अवसरमा पार्टीलाई थप एकताबद्ध बनाएर संर्घष उठान गर्ने बारे छलफल भएको संयोजक पाण्डेयले बताउनुभयो । प्रशिक्षण कार्यक्रमको तयारीका लागि सम्पन्न बैठकमा पार्टीका जिल्ला सहसंयोजकद्वय गणेश बहादुर ढकाल, भिम छन्तेल, कार्यालय सदस्य दुर्गा नारायण चौधरीले आफ्नो कमाण्डको रिर्पाेट तथा अनुभुति राखेको पार्टीले जनाएको छ ।

बैठकले कार्यक्रमको आर्थिक एंव ब्यवस्थापकीय जिम्मेवारीका बारे समेत बिभिन्न निर्णय गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित