राष्ट्रिय दैनिक /नवलपरासी ,१४ साउन
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ हर्दीमा धारिलाे हतियार प्रहारगरी एक युवाकाे मृत्यु भएकाे छ ।
रातको समयमा उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढई (अबिवाहित) लाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारीलो हतियार प्रयोग गरी अज्ञात समुहले घाँटी काटी फरार भएकाे प्रहरीले जनाएको छ ।
विहान ४:३० बजेकाे समयमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा टोली खटिगएको प्रहरी टाेलीले घटना स्थलमा पुगि प्रारम्भिक अनुसन्धान गरि शव पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएकाे सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले जानकारी दिनुभयाे ।
निजको भाइ वर्ष १६ को सन्दिप बढई समेत सोही कोठामा संगै खाटमा सूतेको तर घटनाको बारेमा थाहा नपाएको बताएका छन् ।
नीजलाई को-कसले धारिलो हतियार प्रयोग गरी घाँटी काटेको भन्ने नखुलेको र घटना बारे थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी बाेहराले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

