राष्ट्रिय दैनिक / नवलपरासी ,१३ साउन
पत्रकारिता तथा सञ्चार क्षेत्रमा क्रियाशिल भएर आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा पश्चिम नवलपरासीको सरावलमा सरावल प्रेस क्लब गठन गरिएको छ।
सरावल गाउँपालिका क्षेत्रको बिभिन्न मुद्धा उठान गर्दै पेशागत हकहितको प्रर्वद्धन गर्ने उद्धेश्यले सरावल प्रेस क्लब गठन गरेर सरावल गाउँपालिकाका पत्रकारहरु संगठित भएका हुन् ।

आइतबार सरावल गाउँपालिकामा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार उमेश कुमार बि.कको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो।
जसको उपाध्यक्षमा भुप नारायण चाैधरी, सचिवमा महेश यादव, सह–सचिवमा डाेल कुमारी चाैधरी, कोषाध्यक्षमा देशबन्धु यादव, सदस्यहरुमा टेक बहादुर हरिजन , जितेन्द्र हरिजन, निलम केसि र अभिशेष राव हरिजन सर्वसम्मत चयन भएका छ्न्।
त्यस्तै सरावल प्रेस क्लबकाे सल्लाहकारमा बेचु गाैड र नारायण पाण्डेलाई चयन गरिएको हाे।

यस क्षेत्रमा कार्यरत पत्रकारहरुको हक हित र संरक्षण ,आम नागरिकका समस्या साथै सरावल गाउँपालिकालाई रास्ट्रिय अन्तरास्ट्रिय स्तरसम्म पहिचान स्थापित गर्ने उदेश्यले क्लब गठन गरिएको सरावल प्रेस क्लबका अध्यक्ष उमेश कुमार बि.क ले बताउनुभयो । प्रेस क्लबले जनता र सरकार बिच पुलको काम गर्ने समेत धारणा राख्नुभएको थियोे ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले सरावल प्रेस क्लब गठन गर्न आवश्यक रहेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएकोले पत्रकारलाई थप चुनौतीका बीच पनि अवसरको रुपमा लिएर सक्रियता र क्षमता बढाउँदै अघि बढ्न जोड दिनुभयो । पालिका भित्र भएको कमि कम्जोरीलाई सुझावकाे रुपमा दिन पत्रकारहरुलाई आग्रह गर्दै सरावल हाम्राे हाे यसको बिकासका लागि हामी लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहबाट लिने मात्र हैन स्थानीय तहलाई म के दिन सक्छु भन्ने हिसाबले लाग्न जरुरी रहेको बताउनुभयो । सरावलकाे पत्रकारबाट केही गुनासो नरहेको बताउदै अगामी दिनमा यस्तै अपेक्षा सहित पालिकाबाट हुने सहयोग साथकाे लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले पत्रकारिताको समुचित विकासका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने बताउनुभयो । नागरीकको सुचनाको हक, स्वछ र स्वतन्त्र रुपमा यथार्थ तथा तथ्यपुरक सुचना प्रवाह गर्ने लोकतन्त्रको संस्थागत विकास र समुन्नत समाजको निर्माणमा योग्दान पुर्याउने काम यश प्रेस क्लबले गराेस भन्दै चयन हुनुभएको सम्पुर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका सुचना अधिकारी इश्वरी प्रसाद खनाल , परासी प्रेस क्लबका अध्यक्ष बेचु गाैड लगाएतले सरावललाई संचारहबका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । क्रियाशिल रहेका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा आपसी सुसम्बन्ध र एकता कायम गर्न क्लबले भुमिका खेल्नेपर्ने बताउदै निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालकाे शुभकामना समेत दिनुभएको थियोे ।

पत्रकार उमेश कुमार बि.क काे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सरावल प्रेस क्लब गठन गरिएको हाे।

भुप नारायण चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम महेश यादवले सन्चालन गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

