Rashtriya Dainik

ब्रदर्श एकेडेमी सेन्टरकाे प्रथम बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ साउन

पश्चिम नवलपरासीको सरावल ३ मा अवस्थित ब्रदर्श एकेडेमी सेन्टरकाे प्रथम बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।

एकेडेमी सेन्टरकाे सन्चालक सुनिल प्रजापतिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता एवं पालिका उपाध्यक्ष बासमति हरिजनकाे विशेष आतिथ्यतामा प्रथम बार्षिक उत्सवकाे अवसरमा टाइलेन्ट हन्ट कार्यक्रममा उत्तीर्ण भएको विद्यार्थीलाई प्रमाणपत्र सहित बिजेतालाई पुरस्कार बितरण गरिएको हाे ।

पुरस्कार वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले ब्रदर्श एकेडेमी सेन्टरले टाइलेन्ट हण्ट नवलपरासीको सबै स्थानीय तहमा सन्चालन गर्नु भनेको विद्यार्थीमा भएको प्रतिभा क्षमता पहिचान गर्न ठुलो माध्यम रहेको बताउनुभयो । पालिकाले गर्ने काम कतिपय यश एकेडेमी सेन्टरले गरिएको बताउनुभयाे। ग्रामीण स्थानमा ब्रदर्श एकेडेमी सेन्टर सन्चालन गरेर थुप्रै सेवाहरु दि रहेकोले यश क्षेत्रका विद्यार्थीहरु यसको लाभ लिन जरुरी रहेको बताउनुभयो । कम शुल्क ,समयकाे बचत ,सुरक्षाको अनुभुती र गुणस्तरीय शिक्षा प्रदान भइरहेको हुनाले माैकाकाे फाइदा उठाई आफ्नो लक्ष्य पूरा गर्नुपर्ने जानकारी गराउदै पालिकाबाट यश एकेडेमी सेन्टरकाे लागि साथ सहयोग रहने प्रथम बार्षिक उत्सवकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले शिक्षा नै मानव जिवनकाे ठुलो धन हाे तसर्थ सबै विद्यार्थीहरु राम्रोसँग पढ्नुपर्ने बताउनुभयो । शिक्षा भएन भने अन्धकारमा जिउनुपर्छ बताउदै सबै विद्यार्थीहरु दतचित भएर यश एकेडेमी सेन्टरमा पढ्न जरुरी रहेको बताउदै प्रथम बार्षिक उत्सवकाे अवसमा एकेडेमी सेन्टरकाे प्रशंसा ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे।

कार्यक्रममा कार्यपालिका सदस्य रामनिवास ठाकुर , समाजसेवी कृपाकाैशल चाैधरी,रबि पाण्डेय , पत्रकार उमेश बि.क लगाएतले ब्रदर्श एकेडेमी सेन्टरकाे प्रशंसा ब्यक्तगर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।


टाइलेन्ट हण्ट प्रतियोगितामा प्रथम सहिद बिष्णु पाण्डेय अधारभुत विद्यालय नर्सहीकाे विद्यार्थी उमेश काेहार , द्धितिय जनता मा.बि मनरीकाे विद्यार्थी सत्या कुमारी ,तृतीय मुनलाइट एकेडेमी पटखाैलीका विद्यार्थी समर्पन चाैधरी र सान्त्वना जेनिथ ईङ्गलिस बाेर्डिङ स्कुल बासाकाे विद्यार्थी अदिती कुमारी राय हुनुभएको हाे।

प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई कम्प्यूटर सेट,साइकल , डिस्नेरी सहित कपि कलम , स्टेशनरी सामाग्री लगाएत प्रमाणपत्र प्रदान गरिएको ब्रदर्श एकेडेमी सेन्टरकाे शिक्षक फुलचन्द्र प्रजापतिले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित