Rashtriya Dainik

इन्डो नेपाल बार्डर पत्रकार संघद्वारा बृक्षाराेपण

आरपि उपाध्याय / नवलपरासी ,११ साउन

इन्डो नेपाल बार्डर पत्रकार संघको बिस्तारित बैठक भारत बिहार पश्चिमी चम्पारणको बगहामा शुक्रबार सम्पन्न भएको छ।

नेपाल भारत सिमा क्षेत्रमा रहेका पत्रकारहरुको आपसी हकहित संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएको संघले दुबै देशको सिमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बिस्तारित बैठकमा विभिन्न आधा दर्जन एजेन्डाहरु प्रस्तुत भएको सचिव नत्थु शर्माले जानकारी दिनुभयो।

इन्डो नेपाल बार्डर पत्रकार संघका संरक्षक सद्स्य एवं नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर.पि. उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


सो अवसरमा पश्चिमी चम्पारण बगहा प्रखण्डका विकास अधिकारी बिट्टु कुमार रामले सिमा क्षेत्रमा स्थापना भएको बार्डर पत्रकार संघले विकास निर्माण कार्यलाई प्रोत्साहन गर्नुका साथै सिमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाम गर्न कदम चलाउनु पर्ने कुरामाथी जोड दिदै हाम्रो आपसी प्रयासबाट शिखरमा चढ्ने अभ्यास गर्नुपर्ने धारणा राख्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रामले बगहा स्थित गुरुकुलम कोचिङ सेन्टरको परिसरमा विभिन्न जातका एक दर्जन बिरुवा रोप्नु भइ, बिरुवा लगाउनु भन्दा संरक्षण गर्नु ठूलो कुरा रहेकोले रोपिएका बिरुवा बचाउने अभियानमा हामी सबै लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

सो अवसरमा विशेष अतिथि समेत रहनु भएका नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश बि.क. ले पत्रकारिताको धर्म र मर्यादालाई पालन गरि गरिने पत्रकारिताले दुबै देशका पत्रकारहरुको शिर ठाडो हुने विचार व्यक्त गर्दै रोटी र बेटीको सम्बन्ध रहेको दुई देशका नागरिकका सम्बन्धलाई अझ बलियो बनाउने कार्यमा पत्रकार जगत कृयाशिल रहनुपर्ने विचार व्यक्त गर्नुभयो।

बैठकमा आगामी दिनहरुमा बार्डर पत्रकार संघले स्वास्थ्य शिविर सञ्चालन,अर्धवार्षिक मुख पत्र तयार पार्ने संघका सदस्यहरुलाई परिचय पत्र प्रदान गरिनुका साथै पत्रकारहरुको बिचमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै जाने तथा पत्रकार आचार संहिता लागू गर्ने लगायत निर्णय भएको जानकारीमा आएको छ।
कार्यक्रममा अध्यक्ष कौशल कुमार, उमाकान्त गिरी,माधवेन्द्र पाण्डे, जय प्रकाश,अर्जुन जैसवाल लगायत डेढ दर्जन पत्रकारहरुले दुई देश बिचका पत्रकारिता क्षेत्रको गतिविधि माथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा बगहा निवासी निपु कुमार पाठकले विभिन्न जातका दुई दर्जन विरुवाहरु उपलब्ध गराउनु भएको पत्रकार हरिद्वार कुमारले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित