Rashtriya Dainik

प्रहरी कर्मचारीहरु लक्षित एकदिने आँखा शिविर ,७३ जनाले गराए प्रशिक्षण

बिनोद निगम / नवलपरासी ,११ साउन

पश्चिम नवलपरासीको सदरमुकाम अवस्थित रहेको डा. विनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित प्रहरी कर्मचारीहरु लक्षित एकदिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित यस शिविरमा डा. विनोद निता कंडेल आँखा अस्पताल परासीबाट OAS राधिका यादव ज्यूको नेतृत्वमा ५ जनाको प्राविधिक टोलीले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत जम्मा ७३ जना प्रहरी कर्मचारीहरुको आँखा परिक्षण गरि आवश्यक परामर्श समेत प्रदान गरिएको जि,प्र,का का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

घामपानि लगायत प्रतिकुल परिस्थितिमा समेत नागरिक सेवामा अहोरात्र खटीनुपर्ने प्रहरी कर्मचारीहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई समयमा उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित