Rashtriya Dainik

बनकट्टीमा विवाद ,त्रिवेणी प्रहरीद्वारा सर्वसाधारणलाई कुटपिट

आरपि उपाध्याय /नवलपरासी ,१० साउन

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ बनकट्टीमा भएको विवादमा त्रिवेणी प्रहरीद्वारा केही सर्वसाधारणहरुलाई नियन्त्रणमा लिइ कुटपिट गरेको छ।

विनयी त्रिवेणी ७ बनकट्टीमा बुधबार दिउँसो भएको विवादमा ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी जवानहरुले केही स्थानीयलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमै कुटपिट गरेको विनयी त्रिवेणी ७ की वडा सदस्य बन्दना मुसहरले जानकारी दिनुभएको छ।

सामान्य विवादको मुद्दालाई बेगर उजुरीको आधारमा विनयी त्रिवेणी ७ बस्ने वर्ष १९ को सुबास पाठक, सोही ठाउँ बस्ने वर्ष २२ का महेन्द्र मुसहर र पप्पु मुसहर लगायतलाई प्रहरीले निर्घात कुटेको पिडितहरुले बताएका छन।

सोही घटनालाई लिएर ईलाका प्रहरी कार्यालय त्रिवेणीमा छलफलको लागि स्थानीय भद्र भलाद्मीहरुले ज्यादती गर्ने प्रहरीलाई तत्काल कारवाहीको माग गरिएको बताइएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनाको छानबिन गरिने जानकारी दिनुभयो।

प्रहरीद्वारा कुटाइ खाएका पिडितहरुले दोषी उपर तत्काल कारवाही नगरिए थप दबाबमूलक कार्यक्रम गरिने जानकारी दिएका छन। घाइतेहरुकाे स्थानीय क्लिनिकमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित