बिनोद निगम/ नवलपरासी , ९ साउन
पश्चिम नवलपरासीको मधवलियाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधि सहित एक जनालाई पक्राउ परेको छ।
रामग्राम नगरपालिका वडा नम्बर ९ मधवलिया स्थित बस्ने बर्ष ३० को आजाद पाठक रहेका प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार पक्राउ गरिएको हो ।
उनले आफ्नै घरमा ठूलो परिणाममा लागुऔषध लुकाई छिपाई राखी बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट प्रहरी निरक्षकको कमाण्डमा प्रहरी टोली खटिगई निज आजाद पाठकको घरमा रितपुर्वक खानतासी गर्दा उनको घरको २ वटा कोठा र भान्सा कोठामा ठूलो परिणामको प्रतिबन्धित लागुऔषध बरामद गरी आजादलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
बुप्रिनोर्फिन ७२ एम्पुल,फेनारगन ७८ एम्पुल, डाईजेपाम ७७ एम्पुल ,ONEREX १००ml को बोतल ६ पिस,NITRAVET-10 लेखेको ट्याब्लेट १०५ पिस,PROXYCO SPAS लेखेको निलो क्याप्सुल ५१० पिस,SPM-PRXT+Wockhardt लेखेको निलो क्याप्सुल ७५ पिस, एनसेल को सिम थान १ सहितको इफिनिक्स लेखेको स्क्रिन टच मोबाईल थान १ प्रहरीले बरामद गरेको जनाएको छ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी बुधबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भई रहेको छ । उनी २०७६-०९-२६ गते लागूऔषध सम्वन्धि कसुर मुद्धामा पक्राउ परी सम्मानित जिल्ला अदालत परासीको फैसला बमोजिम ३ वर्ष कैद भुक्तान गरी मिति २०७९-०९-२६ गते कारागारबाट छुटेको खुलेको जानकारी दिएका छन् ।
उनलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुनेसमेत डिएसपी बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

