Rashtriya Dainik

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको राष्ट्रिय दैनिकलाई जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।

दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’

सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले राष्ट्रिय दैनिकसँग भने,’ जहाजमा १९ जना सवार थिए। ‘

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित