Rashtriya Dainik

एमाले लुम्बिनी संसदीय दलको नेता लीला गिरीले दिए राजीनामा

बुटवल , ९ साउन

नेकपा (एमाले) लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेलगत्तै बुधबार बिहान उनले राजीनामा दिएको एमाले सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गिरीले आफूले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि उनी असन्तुष्ट छन् ।

लुम्बिनीमा गिरी मुख्यमन्त्री बन्ने पक्का भएका बेला अन्तिममा आचार्यलाई अगाडि बढाइएको थियो । आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित