राजन कुमार बानिया /पर्सा, ८ साउन
नेपालका प्रथम जनर्विाचित प्रधानमन्त्री स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसको अवसर पर्साको जगरनाथपुर गाँउपालिका वडा नं २ दसौतामा रहेको रैनी झैनी मठमा अाज एक कार्यक्रमका बिच प्रमुख अतिथी रहनु भएका केन्द्र सरकारका उधोग बाणिज्य तथा अापुर्ती पुर्व मन्त्री रमेश रिजालले बिधवत रुपमा पुजापाठ गरि नयाँ शिव मन्दिर निर्माणको लागी शिलान्यास गरेका थिए। साथै उद्वाक्षको पौधारोपेर बृक्षारोपन गर्नु भएको थियो।
वर्षो देखि स्थानिय हरुले अतिक्रम गरि खेतीपाती गर्दै अाईरहेका अवस्थामा अतिक्रमणमुक्त गराई खाली गराएको करिब १५ बिघा ऐलानी जग्गामा १० हजार बिरुवा रोपिएको छ । रैनीझैनी मठमा शंकर भगवानको मन्दिर निर्माणका लागी शिलान्यास गर्दै ऐलानी जग्गामा विभिन्न प्रजाातिका १० हजार वटा बिरुवा रोपिएको छ।
गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा वडा नं २ का वडाअध्यक्ष नेपाली कुशवाहनले बैसाख महिनामा जग्गा अतिक्रमण मुक्त गराई चारै तर्फबाट अाफ्नो नियन्त्रणमा लिएर। समृद्धिका लागी बन परियोजना अन्तर्गत बजरंग हरियाली बन ब्यवस्थापन समुह जगरनाथपुरले आयोजना गरेको शिव मन्दिरको शिलान्यास कार्यक्रम तथा वृक्षारोपण कार्यक्रममा साल ,सपेता, सीसौं ,अमला,जामुन ,आँप अमरुद लगायतका प्रजातिका विरुवाहरु रोपिएको छ।
गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी,नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी ,प्रवक्ता रमेश पाण्डे ,सहसचिव नवीन सिंह ,डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण , ईलाका बन कार्यालय बसन्तपुरका बन अधिकृत सुमन पाण्डे , गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री,काँग्रेस नेता रामदेव चौहान,सहरुम गदी, वडाअध्यक्ष रामेश्वर महतो,दिपेन्द्र सिंह, प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय वडाअध्यक्ष लक्ष्मी साह, कामेश्वर यादव लगायतको पनि सहभागीता थियो ।
कार्यक्रम संचालन नेपाली काँग्रेस क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिस्टर अहमदले संचालन गर्नु भएको थियो।कार्यक्रममा शन्तमहन्थ लगायत स्थानियहरुको सहभागी रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

