Rashtriya Dainik

खादा माला नल्याउन मन्त्री राजकुमार गुप्ताको आग्रह ।

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गर्नुभएको छ ।

पर्सा क्षेत्र ३ बाट निर्वाचित नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

मन्त्री गुप्ताले सामजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो गृह जिल्ला पर्सामा आउन लागेको सूचना दिँदै सम्पूर्ण जनसमुदायमा सिमरा विमानस्थल तथा नेकपा एमाले जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको स्वागत तथा सम्मान कार्यक्रम खाँदा फूल लगायत अन्य स्वागतका सामानहरू नल्याउन आग्रह गरेका हुन् ।

खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित