आरपि उपाध्याय / नवलपरासी ,६ साउन
नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव बि.पि. कोइरालाको ४२ औं स्मृति दिवस एक कार्यक्रमका बिच मनाइएको छ।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ को आयोजनामा बि.पि.स्मृति एवं विचार गोष्ठी मनाइएको हो।
विश्व समाजवादी आन्दोलनका अग्रज नेता समेत रहनु भएका बि.पि. कोइरालाको स्मृति दिवसमा बोल्ने वक्ताहरूले बि.पि. कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको नितिबाटै लामो समयसम्मको निर्वाचित जीवन बिताइ स्वदेश फर्किएर राष्ट्र प्रतिको जिम्मेवारी बोध गराउनु भएका एक असल नेताको रुपमा चिनिन सफल रहनुभएको बताएका थिए।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ का वडा समिती वीर बहादुर ठकुरीको अध्यक्षतामा विचार गोष्ठी सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि आर.पि. उपाध्यायले बि.पि. को चिन्तन र विचारबाटै नेपाली काङ्ग्रेस चलिरहेको जिकिर गर्दै बि.पि. को विचार र सिद्धान्तलाई नेपाली काङ्ग्रेसका सबै नेताकार्यकर्ताहरुले इमान्दारी पुर्वक लागू गर्नुपर्ने धारणा राख्नुभयो।
साहित्य र राजनितीलाई एकैसाथ चलाउनु भएको बि.पि. कोइरालाले कसैसँग पनि सम्झौता नगरी प्रजातान्त्रिक समाजवादको नीतिलाई लागु गरेर अगाडि बढिएमा मात्र राष्ट्रलाई समृद्धि बनाउन सकिने बि.पि. को मुलमन्त्र रहेकोे पनि उपाध्यायले जिकिर गर्नुभएको थियो।

बि.पि. स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश प्रतिनिधि गङ्गोत्री देवी सिंह, वडा सचिव डिम्बर बहादुर राउत, हरवेन्द्र कुमार कार्की लगायतले बि.पि. को बहुआयामिक जिवनी माथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक विशाल सिंह भण्डारीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

