आरपि उपाध्याय / नवलपरासी ,६ साउन
त्रिनेत्र महादेव तथा बागेश्वरी दुर्गा मन्दिर र एमबिसन युवा क्लब विनयी त्रिवेणी ७ रानीनगरको आयोजनामा गुरु सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
एमबिसन युवा क्लबका संस्थापक अध्यक्ष शेखर मर्दन शाहको अध्यक्षतामा गुरु सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ अन्तर्गतका डेढ दर्जन मठमन्दिरका पिठाधिस र सेवा निवृत्त गुरुहरुलाई सम्मान गरिएको कार्यक्रम सञ्चालक एवं एमबिसन क्लबका पुर्व अध्यक्ष दिपक कुवरले जानकारी दिनुभएको छ।
गुरु सम्मान कार्यक्रममा प्रमुख अतिथि एवं लक्ष्मी बैंकटेश्वर मन्दिर त्रिवेणीका पिठाधिस चक्रपाणी आचार्यले गुरुहरुको महिमा अपरम्पार भएकोले गुरुले आफुमा भएको ज्ञान,भण्डारलाई रित्याएर भएपनी शिष्यहरुलाई दिने गरिएबाट नै गुरुवर्ग सदा सम्मानित र आदरणीय हुने गरेको बताउदै रामायण र माहाभारत कालमा पनि गुरुको योगदानलाई वर्तमान समयमा पनि सम्मान सहित मनन योग्य रहेको जिकिर गर्नुभयो।

कार्यक्रममा त्रिभुवन क्याम्पस बेलाटारीका पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डेले गुरुवर्गबाट आफ्नो शिष्यप्रती सदैव सकारात्मक सोच भएकै कारण शिष्यहरुमा ज्ञानरुपी उर्जा उचाई तर्फ अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो।
गुरु पुर्णीमाको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी आर.पि. उपाध्याय,सेवा निवृत्त गुरु भैरव प्रसाद शर्मा,एमबिसन क्लबका अध्यक्ष विश्वमर्दन शाह लगायतले सम्मान कार्यक्रमको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो।

गुरु सम्मान कार्यक्रममा स्थानीय उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधि सहित ठूलो संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोर्डिङ स्कुलका छात्राहरु मनिषा नेपाली र सृष्टि ढुंगानाले सम्मान र प्रेरणाका स्रोत गुरुप्रती सम्मान गरिएकोमा आफुहरु निकै खुसी र प्रभावित भएको प्रतिक्रिया दिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

