Rashtriya Dainik

विपीले योजना आयोगका सदस्यलाई भनेका थिए‘हलो जोतेको तस्विर राखेर योजना बनाउनुहोस

चितवन,५ साउन

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले विपीको पालामा गरिब दुखी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनैतिक परिपाटीमा त्यो हराएको बताएका छन् ।

मुलुकको विकासको विरोध गरिबि रहेको बताउँदै विपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडी परेको दावी गरे । विपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो जोतेको किसानको तस्विर राखेर योजना बनाउन गरेको आग्रहलाई प्रष्ट पारेका थिए ।

नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको ३३ औं स्थापना दिवस एवं ४२ औं विपी स्मृति दिवसको अवसर पारेर गरिएको कार्यक्रममा नेता घिमिरेले समाज सेवाको बाटोमा लाग्न नेतालाइृ आग्रह गरे । ‘ योजना बनाउँदा विपीले योजना आयोगका सदस्यलाई भन्नु भएको थियो कि भित्तामा हलो जोतेको किसानको फोटो राख्नुस् र त्यसैलाइृ हेरेर योजना बनाउनुहोस् , ’ उनले भने , ‘ त्यो किन भन्नु भएको हो भने एउटा शहरले भरिएको अर्को गाउँले भरिएको नेपाल छ ।

गाँउलेको दुख हेरेर योजना बनानुहोस भन्नु भएको हो । देशको अनुहार बदल्न हामीले कमजोरीलाई हेरेर काम गर्नपर्छ । ’
पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले उनको कार्यकालमा गरिब जनतालाई केन्द्रित गरे योजना बनाउन लगाउथे ।

स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित