Rashtriya Dainik

बेटी पढाव, दहेज घटाव अन्तर्गत पाल्हिनन्दनका छात्राहरुलाई शैक्षिक सामाग्री वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,४ साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतका छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

सुनवल सामुदायिक विकास केन्द्र सुनवलकाे आयाेजना तथा यूनाईटेड मिसन टु नेपाल नवलपरासी, कलस्टरकाे सहयोगमा लैंगिक समानता परियोजना मार्फत बेटी पढाव, दहेज घटाव अन्तर्गत ५० जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हाे।

सुनवल सामुदायिक विकास केन्द्र सुनवलकाे अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा यूनाईटेड मिसन टु नेपाल नवलपरासीकाे कलस्टर लैंगिक समानता परियोजना ब्यवस्थापक कबिता गुरुङ ,देउकुमारी घिमिरे लगाएतकाे सहभागीता रहेको थियो ।

छाेरीहरुलाई नियमित बिद्यालय जान प्राेत्साहन ,शिक्षामा पहुच बढाई दाइजो प्रथा न्युनिकरण गर्ने उद्देश्यले अति बिपन्न परिवारकाे छाेरी , मुस्लिम , दलिल , अपांगता भएको र अपांगता परिवारकाे छाेरी, एकल परिवारकाे छाेरी तथा विद्यालय छाेडेर घरमै बसेकाे छात्राहरुलाई विशेष प्राथमिकतामा राखेर शैक्षिक सामाग्री वितरण गरिएको लैंगिक समानता परियोजना संयाेजक ज्याेति सिंह रायले जानकारी दिनुभएको हाे।

शैक्षिक सामाग्री पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ र ६ का ५० जना छात्राहरुलाई वितरण गरिएको परियोजना संयाेजक रायले जानकारी दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित