Rashtriya Dainik

नाकामा गुल्म डिएसपी र महेशपुर भन्सार : तस्करलाई मस्ती, नागरिकलाई सास्ती

राष्ट्रिय दैनिक / नवलपरासी ,४ साउन

नेपालको बजार भन्दा केहि सस्तो मुल्यमा सामान पाइने भएपछि गरिवीको रेखामुनी रहेका नागरिक किनमेलाका लागि सीमावर्ती बजार ठुठीबारी पुग्छन् । सर्वसाधारण नागरिकलाई ठुठीबारी जाने रहर होइन बाध्यता हो ।

आर्थिक मन्दी र गरिवीका कारण उनीहरु किनमेलका लागि ठुठीबारी जान बाध्य भएका हुन्, तर महेशपुर नाकामा खटिएका सशस्त्र प्रहरी-भन्सार कर्मचारीले ति गरिव र असहाय नागरिकलाई पीडामाथि पीडा थप्ने गरेका छन् ।

हरपुर गुल्मका डिएसपीले मोटो रकम लिएर तस्करहरुसँग पैँसा लिएको सशस्त्र प्रहरीले गरिव र निमुखा नागरिकको सामान खोसिरहँदा तस्कर र सेटिङ मिलाएकाहरु ठूलो परिमाणको सामान भन्सार नगराएर खुलेआम नेपालका बिभिन्न ठाउँमा जाने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

‘गरिव र निमुखालाई मात्र सशस्त्र प्रहरी- नेपाल प्रहरीको नियम, कानुन लाग्छ । पैँसा दिने र धनी तथा पहुँच हुनेहरु ठूलो परिमाणको सामान दिनदहाडै परासी ,बुटवल,बर्दघाट ,नारायणघाट पोखरा , काठमाडौं सम्म पुर्याउँछन्,’ एक प्रत्यक्षदर्शीले भने । भन्सार सुरक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी र भन्सारनै अवैध असुलीमा लागेपछि राजस्व संकलनमा समेत असर परेको छ ।

आधुनिक युगमा माटोको भकारी पनि लोप हुँदा गएपछि टिनाका भकारी प्रयोग बढ्दै गएको छ। सस्तो मूल्य समयको बचत हुनाले भारतबाट भकारी ल्याउँदा पनि सिमानाकामा सशस्त्र र भन्सारले दुःख दिने गरेको छन ।

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी
उनीहरु थोरै सामान जफत गरेको देखाउँदै सर्वसाधारण र प्रशासनको आँखामा छारो हालिरहेको पुष्टि भएको छ ।

थोरै सामान ल्याउनेलाई कडाई गरेको देखाउनु भनेको हात्तीको खाने दाँत र चपाउने दाँत जस्तै हो,’ एक सर्वसाधारणले नाम नबताउने शर्तमा भने, ‘सशस्त्र प्रहरीले बाहिर गर्ने र भित्री रुपमा गर्ने ब्यवहार फरक छ । सर्वसाधारणलाई त्रसाएर भित्रभित्रै ठोला तस्करसँग हरपुर सशस्त्र प्रहरी बल गुल्मका डिएसपी – भन्सारले कमिशन खाइरहेको छ ।’

त्यस्तै नाम नखुलाउने शर्तमा एक साइकल केरियरले भने हामीले २०० देखि ३०० बोरासम्म धान चामल १५ जनाको ग्रुपमा ढुवानी गर्छौ र गन्तव्यमा पुगाउने गर्छन्। त्यस्तै हामीलाई ५० किलो चामल लाउँदा ७० रुपैयाँ भारतीय रुपैयाँ र नेपाली रुपैयाँमा हामीलाई १२० पाउने गर्दछौँ।

त्यस्तै गोपालपुर नाका बाट दिनहुँ साँझ हुने बित्तिकै ठूलो मात्रामा टक्करमा कबाडहरू लोड गरेर भारततर्फ जाने गर्दछ र यस्तै हेर्नुभयो भने दिनहुँ ३ देखि ५ ट्रकसम्म मटर ,पपकर्न ( मकै ) पिकअपमा लोड गरी बसहिया,भुजहवा, हर्कपुर, बनकट्टी नाकाबाट भारततर्फ जाँदै गर्दछ।

त्यसैगरी चाइना बाट नेपाल आएका लसुन भारत तर्फ व्यापक रूपमा तस्करी हुँदै गरेको छ। मुख्य नाकैबाटै तस्करी हुँदा पनि प्रशासन भने मौन अवस्थामा बसेका हुन्छन् ।

हरपुर गुल्म देखि विओपीका अधिकांश पोष्ट इन्चार्जहरुले असुली धन्दाका लागि लाइन मिलाएका छन् । तल्लो स्तरका सिपाहीहरूलाई ड्युटीमा खटाउने र उनीहरुलाई धम्क्याउने जागिर जाने डर पनि हुन्छ। तर ठूला हाकिमहरुले लाइन खाएका हुन्छन् माल छोप्दा हाकिमको आदेश आएपछि छोडे छोड्नै पर्ने रहेछ। तल्लो स्तरका सिपाहीहरूलाई ५०, सय लिए जागिर जाने डर हुन्छ भने ठूलो पोस्टमा रहेका हाकिमहरू लाई डर हुन्न।

त्यसैगरी महेशपुर भन्सार कार्यालयमा प्रहरीले बुझाएका सामान समयमा परिक्षण गरेर लिलामी नगर्ने र भनसार कर्मचारी र बिचौलियाहरूको सिटिङ मिलेपछि तुरुन्तै सूचना जारी गरी निलामी गर्दै आएको छ ।

नेपाल–भारत सीमा अन्तरगत नवलपरासीको मुख्य महेशपुर ,बलीनगर, झुलनीपुर, बसहिया, हरकपुरा, पांचपेड़, भुजहवा, गोपालपुरलगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् ।

नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरीलाई दिएको छ । राज्यले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अवैध ओसारपसार गर्ने सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध ओसारपसार मौलाउँदै गएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित