Rashtriya Dainik

श्रीनगरमा ट्रकसँग माेटरसाइकल ठाेक्किँदा दुई जना घाइते

राष्ट्रिय दैनिक / नवलपरासी ,३ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ श्रीनगरमा ट्रकसँग माेटरसाइकल ठाेक्किँदा दुई जना घाइते भएका छन।

परासीदेखि सरावलतर्फ आउदै गरेको लु २ ख २३७१ नम्बरकाे ट्रक र सरावलतर्फबाट परासीतिर जादै गरेको लु ७२ प ५१९७ नम्बरकाे माेटरसाइकल एकआपसमा ठेकिदा रामग्राम ४ जितपुरका माेटरसाइकल चालक इन्द्रबहादुर मगर घाइते भएका छन । भने माेटरसाइकल सवार करिब ८० बर्षिय पाना देबि थापाकाे अवस्था गम्भीर रहेको छ।

ट्रक चालक रामग्राम ११ रानिपाकड निवासी जंग बहादुर चाैधरीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा हिरासतमा राखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित