राष्ट्रिय दैनिक / नवलपरासी ,२ साउन
तराईका विभिन्न जिल्लाहरूमा सत्य र असत्यबीच लडाईं तथा इस्लाम धर्मको संरक्षणका लागि ज्यानको आहुति दिने इमामे हसन र इमामे हुसेनको सम्झनामा मनाइने मोहरम पर्वको रौनक छ ।
तराईमा इस्लाम धर्मावलम्बीहरूले मोहर्रम पर्वमा ताजिया मेला लगाउने गर्छन् । जस कारण तराई तथा मधेसमा ताजियाको रौनक देखिएको हो । ताजिया मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरूकाे उल्लेख्य सहभागीता रहेको छ ।
पश्चिम नवलपरासी ,रुपन्देही ,कपिलवस्तु लगायतका स्थानमा ठूला ताजिया मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकहरूमा छ ।
यो मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्मक खेलहरू प्रदर्शन गर्छन् भने महिलाहरूले इमामे हसन हुसेनको सम्झनामा गित गाउँछन् । तर, पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ ।
मंगलवार अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रर्दशन गरे भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा खेलतमसा गर्छन् । सो स्थानलाई मुस्लिमहरूले करवला भन्छन् । करवलामा दुई वा दुईभन्दा बढी ताजियाको मिलन अर्थात् जोरा लगाइने चलन छ ।
इस्लामिक क्यालेण्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.) का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुति दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

