Rashtriya Dainik

सरावलमा ७० फिटकाे विशाल ताजिया मेला समुदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,२ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा विशाल ताजिया मेला समुदघाटन भएको छ।

विशाल ताजिया मेला ब्यवस्थापन समितिका अध्यक्ष सुनिल खाँ काे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा मेला उदघाटन भएको हाे ।

विशाल ताजिया मेला समुदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको जानकारी गराउदै धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न यश पर्वले ठुलो महत्त्व बाेकेकाे बताउनुभयो ।
सरावल गाउँपालिका विभिन्न जातजाति भेषभुषाको समिकरणमा बनेकाले सबै समुदायको धर्म कलासंस्कृति संरक्षण र प्रबर्द्धनका लागि पालिका लागि परेको बताउनुभयो ।


त्यस्तै समाजसेवी जन्मेजय यादवले मुस्लिम समुदायले मनाउने मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि सद्भावको पर्व बन्दै बताउनुभयो । हिन्दुले समेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको गएको बताउदै सरावल गाउँमा विभिन्न रचनात्मक क्रियाकलाप भएकोले खुलेर प्रशंसा गर्नुभएको थियो ।

समाजसेवी अम्बरिष चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन आरिफ अलि खाँ ले सन्चालन गर्नुभएको थियो ।

सरावलमा ७० फिटकाे विशाल ताजिया निर्माण भएको छ। जसकाे अवसरमा साउन ५ गतेसम्म मेला आयाेजना हुने अध्यक्ष खाँले जानकारी दिनुभएको छ।
हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित