राष्ट्रिय दैनिक / नवलपरासी ,२ साउन
मुस्लिम समुदायले मनाउने मोहर्रमकाे अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा विदा दिएकाे छ।
सरावल गाउँपालिकाले हिज सुचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिएकाे हाे ।
आज पालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संघसंस्था, स्वास्थ्य संस्थाहरुमा (आकस्मिक बाहेक) विदा हुने उक्त सुचनामा उल्लेख गरिएको छ ।
माेहर्रमकाे अवसरमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले देश तथा विदेशमा रहनु भएका आमा/बुवा, दाजु भाई तथा दिदी वहिनीहरुमा सुख शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

