Rashtriya Dainik

४ लाख भन्दा धेरै घुससहित प्राविधिक पक्राउ

काठमाण्डौ, १ श्रावन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाल लाख १२ हजार घुस रकमसहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले हिजो पक्राउ गरेको हो ।

उनिहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनिहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद भएको अख्तियारले जनाएको छ ।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित