बिनोद निगम / नवलपरासी ,३० असार
पश्चिम नवलपरासीको सुस्ता नारायणी नदीमा बेवरिसे अवस्थामा एकजनाको शब फेला परेको छ।
सुस्ता गाउँपालिका वाड नं ४ ठोक्कर नं पन्ध्र(१५) स्थित रहेको नारायणी नदीको छेउमा नाम थर वतन नखुलेको अन्दाजी ४०-४५ वर्ष जस्तो देखिने पुरुष व्यक्तीको शव घोप्टो अवस्थामा रहेको प्रहरीले फेला परेको छ।
स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली खटि गइ प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा जानकारी दिएका छन् ।
छिर्केमिर्के सर्ट, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानि बाँधेको । तत्काल पहिचान खुल्न नसकेको कारण फोटोसहितको हुलिया परिपत्र गरि सनाखतको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

