तुलसीराम पौडेल /सियारी,२८ असार
रुपन्देहीको सियारी गाउँपालिका -२ स्थित मैनहिया माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम बिहीबार सम्पन्न भएको छ। मैनहिया माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सम्मीलित ८१ जना विद्यार्थीहरु मध्य ३९ जना उत्तीर्ण र ग्रेड वृद्धिमा ३ जना गरी ४२ जना भएका थिए ।
यस विद्यालयबाट ७ जना विद्यार्थीले ३.२ जिपिए भन्दा माथी ल्याएका छन् ।आफ्नै विद्यालयबाट उत्पादन गरेर धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल मैनहिया मावी सियारीको गुणस्तरमा अगाडि रहेको कार्यक्रम बोल्ने वक्ताहरूले बताएका थिए ।

कार्यक्रम मैनहिया माविका अध्यक्ष एवं पुर्व पालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
विद्यालयका प्रधानाध्यापक बिष्णु गौतमको स्वागत मन्तव्य विद्यालयका सल्लाहकार सदस्य रामचन्द्र खड्काको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्याब्सन सियारीका अध्यक्ष लोक शर्मा बस्याल ,जगत्था माविका प्रधानाध्यापक भुपेन्द्र आचार्य ,रोजबड एकेडेमीका प्रीन्सिपल कृष्ण गौतम ,कालिका माविका प्रीन्सिपल बिष्णु थापा ,विद्यालयका सल्लाहकार बिश्वनाथ गौड ,विद्यार्थी आकाश माली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक टोपलाल न्यौपानेले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

