Rashtriya Dainik

सरावल ६ वडा अध्यक्ष गुप्ताद्वारा महेन्द्र जनता मा.बि गडाैरीमा ५१ हजार ब्यक्तिगत सहयोग

उमेश बि.क / नवलपरासी ,२७ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष छाेटेलाल गुप्ताले महेन्द्र जनता मा.बि गडाैरीमा नगद रासि प्रदान गर्नु भएको छ।

वडा अध्यक्ष गुप्ताले महेन्द्र जनता मा.बि गडाैरीकाे कक्षा ११ र कक्षा १२ सञ्चालन तथा व्यवस्थापनका लागि रु ५१ हजार ब्यक्तिगत सहयोग गर्नुभएको हाे।

सहयोग प्रदान गर्दै वडा अध्यक्ष गुप्ताले सरावल गाउँपालिकाकाे वडा मध्ये सबैभन्दा धेरै विद्यालय आफ्नो वडामा रहेको बताउदै आफू शिक्षाप्रति संवेदनशील रहेको बताउनुभयो । वडा कार्यालयबाट प्रत्येक बर्ष विद्यालयमा बजेट बिनियाेजन गर्दै आइरहेकोले ग्रामीण क्षेत्रमा कक्षा ११ र कक्षा १२ सञ्चालन हुनु भनेको विद्यार्थी र अभिभावककाे लागि निकै खुशीकाे कुरा रहेको जिकिर गर्नुभएको थियो । नजिकै कक्षा ११ र कक्षा १२ विद्यार्थीले पढ्न पाउनु भनेको समयकाे बचत साथसाथै सुरक्षाको अनुभुती हुने र स्थानीय स्तरमा गुणस्तरीय शिक्षा पाउनु सबैकाे लागि खुशीकाे कुरा रहेको बताउनुभयो । आफुले ब्यक्तिगत रुपमा दिइएको सहयोग रकम कम भएपनि शैक्षिक जगतमा यसको मुल्य अमुल्य रहेकोले सबैले हातेमालो गरि यश विद्यालयकाे विकासमा लाग्न अनुरोध समेत गर्नुभएको थियो ।

वडा अध्यक्ष गुप्ताले गरेको सहयोगकाे पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र विद्यालय परिवारले खुलेर प्रशंसा गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित