राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पश्चिम नवलपरासीको अध्यक्षकाे जिम्मेवारी सञ्जय मौर्यले पाउनु भएको छ।
बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच मौर्यलाई जिल्ला अध्यक्षकाे जिम्मेवारी दिइएकाे हो ।
अनेरास्ववियुका निवर्तमान अध्यक्ष निरज खड्काको अध्यक्षता तथा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यमा परासीमा सम्पन्न सचिवालय बैठकले मौर्यलाई जिल्ला अध्यक्षकाे जिम्मेवारी प्रदान गरेको हाे।
अनेरास्ववियुका यसअघिका जिल्ला अध्यक्ष निरज खड्का नेकपा एमालेको जिल्ला कमिटीमा मनोनीत भएपछि अनेरास्ववियुबाट विदा हुनुभएको हाे ।
खड्काले अनेरास्ववियुबाट विदा लिएपछि मौर्यलाई अध्यक्ष चयन गरिएको बताईएको छ। मौर्य यसअघि कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो ।
अध्यक्ष मौर्यले पदभार ग्रहण गर्दै विद्यार्थीको हकहितमा थप शसक्त रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीले पाउनुपर्ने अधिकार तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा अनेरास्ववियूले विशेष जोड दिने उहाँको भनाई थियो ।
बैठकले सहसचिवमा कमल ढकाल (सुस्ता) लाई मनोनीत गरेको छ । त्यस्तै अन्य पदाधिकारी भने यथावत रहेको अध्यक्ष मौर्यले बताउनुभयो ।
अनेरास्ववियुको जिल्ला कमिटी ५१ सदस्यीय छ । अव छिट्टै जिल्ला अधिवेशन पनि सम्पन्न गरिने उहाँले बताउनुभयो । उक्त अवसरमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज निरज पौडेल, एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारी, जिल्ला सदस्य एवं विद्यार्थी ईन्चार्ज सुशान्त शर्मा घिमिरे, राष्ट्रिय युवा संघका जिल्ला सचिव सन्दिप अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

