राष्ट्रिय दैनिक / नवलपरासी ,२३ असार
पश्चिम नवलपरासीमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई एक लाख ५० हजार घुससहित आइतबार पक्राउ गरिएको हो ।
दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपैयाँ र स्रोत नखुलेको ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको हो ।
आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

