आरपि उपाध्याय / नवलपरासी ,२० असार
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कुडियामा विपद उत्थानशील युवा तथा महिला उद्यमी परियोजना अन्तर्गत वडा स्तरीय विपद व्यवस्थापन समितिको विस्तारित बैठक सम्पन्न भएको छ।
सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सहमति गैंडाकोटका समन्वय अधिकृत तारानाथ सुवेदीले कार्यक्रमबारे सहजीकरण गर्दै विपद पुर्व अपनाइने क्रियाकलापबाट विपद न्यूनीकरण कार्य सहज हुने धारणा राख्नुभएको थियो।
कार्यक्रममा विपद व्यवस्थापन समितिका स्थानीय सदस्यहरु,वडा सदस्य,स्वास्थ्य र सञ्चार,स्थानीय प्रहरी लगायतको कार्यक्रममा सहभागीता रहेको आयोजकले बताएको छ।

सो अवसरमा सुस्ता गाउँपालिका वडा न.२ बाट बग्ने गण्डक मुख्य पश्चिमी नहर र पहाडी खोलाले वर्षा याममा ठूलो धनजनको क्षति गर्ने हुँदा यसतर्फ सबै सरोकारवाला निकाय गम्भीर भइ विपद पुर्व नै सावधान हुनुपर्ने कुरा जानकारी गराइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

