Rashtriya Dainik

ईलाका प्रहरी घुमुवा शर्माको आर्थिक आतंक,शर्माको दरबन्दी सिराहा असुली पोखरीयाको एरियामा

कृष्ण यादव/ बिरगन्ज ,१८ आषाढ
इलाका प्रहरी कार्यालय पोखरीयाको क्षेत्रहरूमा घुमुवा सुरेन्द्र शर्माको घुमुवा आतंक बढेको छ।पोखरीया मातहातमा पर्ने क्षेत्रहरूबाट चोरी तस्करी बढेको मुख्य कारण इलाका प्रहरी कार्यालय पोखरीयाका घुमुवा रहेपनि प्रहरी प्रमुख मुकदर्शक बन्न पुगेका हुन ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्माले आफ्नो क्षेत्रमा आतंक नै मचाएपनि कार्यालय प्रमुख राजन धमाला मौन रहेका छन । ठुला बडा तस्कर संग मासिक रूपमा घुमुवा चन्दा उठाएर कार्यालय प्रमुख धामलालाई बुझाउने गर्दछन ।हवल्दार शर्माको ईलाका प्रहरी कार्यालय कल्याणपुर सिराहामा भएपनि विगत ४ बर्ष देखि ईलाका प्रहरी कार्यालय पोखरीयामा माथिल्लो निकायको आशिर्वादले बस्दे आएका छन।नेपाल प्रहरीका आईजिपी वसन्त कुवरले डिआईजी भए देखिनै दरबन्दी भएको ठाऊमा बस्न आदेश दिदै आएपनि उनको निर्देशन विपरीत हवल्दार शर्मा ईलाका प्रहरी कार्यालय पोखरीयाको घुमुवाको रुपमा कार्यरत रहेका छन।
इलाका प्रहरी कार्यालय पोखरीया मातहातमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, प्रसौनिभठ्ठा, टिहुकि,बार्वा बुडगाइ लगायतको क्षेत्रहरूबाट ब्यापक रूपमा तस्करहरू सल्बलाएका छन । घुमुवाले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाई सास्ती दिने गरेको बताइन्छ । ठुला बडा तस्कर गर्ने गिरोह संग मासिक रूपमा नजराना बुझ्ने गरेको र सर्वसाधारणलाई मात्र दुख दिने गरेको स्थानीय रामजी यादवले बताउछन ।
इलाका प्रहरी कार्यालय पोखरीयाको घुमुवाको बिषयमा पटक पटक मधेश प्रदेशका डिआईजी यज्ञ बिनोद पोखरेलले गुनासो गर्दासमेत केही वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन ।
उनका अनुसार घुमुवा अपराधीहरूलाई पक्राउ गर्नको निम्ति खटाउन मिल्ने भएपनि नियम विपरीत घुमुवामा परिचालन भएको बताए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको ध्यान जान अति अवाश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित