राष्ट्रिय दैनिक / नवलपरासी ,१६ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सभाहलमा खाद्य सुरक्षा, सरसफाई र भण्डार सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ।
सरावल गाउँपालिकाकाे सहयोग तथा तराई दलित सरोकार केन्द्र नेपाल रूपन्देहीकाे आयाेजनामा २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हाे।

दलित सरोकार केन्द्र नेपाल रूपन्देहीकाे सन्चालक अमृत कुमार हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा आइतबार एक कार्यक्रम बिच सामाग्री समेत हस्तान्तरण गरिएको हाे।
सामाग्री हस्तान्तरण गर्दै पालिका अध्यक्ष चाैधरीले उद्योगी व्यवसायीले उत्पादन गरेका बस्तुहरु गुणस्तरीय बनाउन सकिएमा निराेगी हुनुका साथै सामग्रीको माग र बस्तुहरुको विक्री वितरण बढ्ने बताउनुभयो । पसलमा सामाग्री बेचिरहदा स्वास्थ्यकाे दृष्टिकोणले गुणस्तरीय बस्तु उत्पादन र बिक्रीवितरण गर्न सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा लगाएतले पसलका सामग्री बेचबिखन गर्दा स्वास्थ्यकाे दृष्टिकोणले गुणस्तरीय हुनुको साथै सफा र स्वास्थ हुन जरुरी रहेको बताउनुभएको थियो ।
सरावल गाउँपालिका अन्तर्गतका ३० जना उद्योगी ब्यवसायि रहेको कार्यक्रमकाे सहजिकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख अनुप हलुवाई, खाद्य निरिक्षक दिपक कुमार यादवले गर्नुभएको थियोे ।

तालिमबाट होटल व्यवसायीले सेवाको गुणस्तर वृद्धि गर्न सीप तथा क्षमता आर्जन भएको सहभागीहरुले बताएका हुन। होटल व्यवसायीहरुलाई सरावल गाउँपालिकाद्वारा सामाग्री समेत प्रदान गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

