काठमाडौं,१६ असार
नेपाल प्रेस युनियनले भोली सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए ।
पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो ।
बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए ।
प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

