Rashtriya Dainik

काङ्ग्रेस नवलपरासीद्वारा श्रद्धाञ्जली सभा कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,१६ असार

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती (ब.स.प.) ले बर्दघाटको पन्चनगरमा श्रद्धाञ्जली समारोह सम्पन्न गरेको छ।

नेपाली काङ्ग्रेस नवलपरासीका सचिव कुलदीप आचार्यका पिताको निधन भएको सातौ पुण्य तिथिका दिन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो।

पार्टी सचिव आचार्यका पिता कृष्ण प्रसाद शर्माको विगत जेष्ठ १० गते ७४ वर्षको उमेरमा निधन भएकोमा उहाँकै निवास पन्चनगरमा नेता,कार्यकर्ता, शुभेच्छुक र आफन्तजनहरुबिच श्रद्धाञ्जली समारोह सम्पन्न गरिएको थियो।

श्रद्धाञ्जली समारोह नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका कार्यवाहक अध्यक्ष बिक्रम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गरिएको हो।
श्रद्धाञ्जली समारोहमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य समितिका महामन्त्री एवं संविधान सभा सदस्य बिक्रम प्रसाद खनालले स्वर्गीय शर्मा पार्टीको निष्ठा एवं इमान्दार कार्यकर्ता रहनु भएको बताउदै काङ्ग्रेसद्वारा गरिएको सामाजिक र राजनीतिक रुपान्तरणका लागि खेल्नु भएको भुमिका प्रशंसनीय रहेको बताउनु भयो।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य वैधनाथ जैसवाल,जिल्ला कार्य समिती सचिव उमेशचन्द्र यादव,क्षेत्रीय सभापतिहरु मुकुल कुमार आचार्य,माधव पाण्डे,बर्दघाट नगरपालिका का नगर प्रमुख शम्भुलाल श्रेष्ठ,दुर्गा कोइराला लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक एवं पार्टीका सहसचिव सन्तु गाहाले जानकारी दिनुभएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता,भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी समेत प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित