Rashtriya Dainik

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सबको अवसरमा सफाइ

आरपि उपाध्याय / नवलपरासी ,१६ असार

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सबको अवसरमा गण र मातहतका युनिटहरुमा मन्दिर सफाइ कार्यक्रम सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले पाल्ही नन्दन गाउँपालिका ३ बेलासपुर चोक स्थित दुर्गा मन्दिरमा सफाइ कार्यक्रम सम्पन्न गरेको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक भिम बहादुर ओलीको नेतृत्वमा ३५ को सङ्ख्याका जवानहरुले सफाइ कार्यक्रम गरेका हुन। त्यसैगरी सुरक्षा वेश परासीले शान्ति चौरमा रहेको रामजानकी मन्दिरमा सफाइ कार्यक्रम गरेको थियो।
त्यसरी नै सिमा सुरक्षा गुल्म हरपुरले अमानिगन्ज स्थित मुक्तेश्वर महादेवको मन्दिरमा सफाइ कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ।
सफाइ अभियान अन्तर्गत सुरक्षा वेश सेमरीले गोपिगन्ज स्थित पन्चेश्वर महादेव को मन्दिर र नारायणी नदी पारी सुस्तामा रहेको बिओपी सुस्ताले सैनिक टोलमा रहेको शिव मन्दिर परिसरमा सफाइ तथा सार्वजनिक बाटोहरुमा पनि सफाइ कार्यक्रम गरेको बताइएको छ।
त्यसरी नै सशस्त्र प्रहरी बल नेपाल भुजहवा बिओपीद्वारा सरावल गाउँपालिका ७ स्थित भुजहवामा रहेको बुद्ध मन्दिरमा ११ जनाको सशस्त्र प्रहरी बलका जवानहरुले सफाइ कार्यक्रम गरेका थिए।


वार्षिकोत्सबको अवसरमा प्रतापपुर गाउँ अन्तर्गत गुठीप्रसौनी बिओपीले झुलनीपुरमा रहेको ज्योति गुम्बा बौद्ध बिहारमा सफाइ कार्यक्रम गरेको २६ न. गणले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित