राष्ट्रिय दैनिक / नवलपरासी ,१६ असार
अनेरास्ववियु पश्चिम नवलपरासीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ ।
स्वर्गीय नेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु जिल्ला कमिटी नवलपरासीको आयोजनामा सुनवल १३ स्थित मोतिलाल बहुमुखी क्याम्पसमा १०० वटा विभिन्न जातकाे वृक्ष रोपण गरिएको हो।

अनेरास्ववियु केन्द्रीय कमिटी तथा प्रदेश कमिटीको सर्कुलर अनुसार अनेरास्ववियु नवलपरासीका कार्यवाहक अध्यक्ष सन्जय मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुशान्त शर्मा घिमिरेको प्रमुख आतिथ्यमा विरुवा रोपिएको हाे।
उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज नीरज पौडेल, प्रदेश कमिटी सचिवालय सदस्य नीरज खड्का लगायतका विद्यार्थी नेताहरुले नेता मदन भण्डारीको योगदानको चर्चा गर्दै वृक्षारोपणको महत्वबारे समेत प्रकश पार्नुभएको थियो ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।
२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो।

०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

