Rashtriya Dainik

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा पुनः तालाबन्दी

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ असार

नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको भन्दै केन्द्रीय निर्देशन अनुसार नै महासंघमा ताला लगाइएको युनियनका अध्यक्ष उमेश कुमार बि.कले बताउनुभयो । वहाँले भन्नुभयो ‘विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति हाम्रो आपत्ति हो ।’ महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो लगाएर मात्र निर्वाचनमा जानुपर्ने अध्यक्ष बि.क काे भनाई छ ।


नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार पश्चिम नवलपरासीमा ताला बन्दी गरिएको हाे।

महासंघ पश्चिम नवलपरासी शाखाको परासीमा रहेको कार्यालयमा युनियनका जिल्ला अध्यक्ष उमेश कुमार बि.क काे नेतृत्वमा तालाबन्दी गरिएको जिल्ला सदस्य रन्जित शर्माले बताउनुभयो ।

युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड बिपरित निष्क्रिय र गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने ,सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती ,सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने ,विधान विपरितका गतिविधि बन्द गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको छ ।

तालाबन्दी पछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश कुमार बि.कको हस्ताक्षर रहेको बिज्ञप्ती जारी गरेको छ ।

निर्देशिकाको धज्जी उडाउँदै सञ्चार कर्ममा निरन्तर क्रियाशिल नभएका र मुख्य पेशा शिक्षण र गैह्र सरकारी संस्थामा आबद्ध ब्यक्तीहरुको नाम समेत महासंघको सदस्यता नामावलीमा समावेश भएकोले आपत्ति जनाउँदै नेपाल प्रेस युनियन नवलपरासी शाखाले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश , नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीमा समेत बारम्बार लिखित र मौखिक रुपमा समेत यो गम्भिर त्रुटि सच्याई पुनरावलोकनका लागि ध्यान आकर्षण गरिएको विषयलाई समेत नजरअन्दाज गरि जिल्ला शाखाको पुर्वाग्रही एवम् निर्देशिका विपरित गरिएको सिफारिस नामावलीलाई  केन्द्रिय समितिले समेत परेका उजुरीको बिषयमा छलफल नगरि हुवहु स्वीकृत गर्ने विषय दुर्भाग्य र लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको यस नेपाल प्रेस युनियन नवलपरासी शाखाको ठहर रहेको छ ।

मागको सम्बोधन नभए सम्म जिल्ला शाखाको भुमिका समेत अमान्य रहने नेपाल प्रेस युनियन नवलपरासीले जनाएको छ ।

अहिले पश्चिम नवलपरासी सहित देशभर महासंघको कार्यालयमा युनियनले ताला लगाएको छ । महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघ नवलपरासीले निर्वाचन समिति समेत चयन गरिसकेको छ । युनियनको आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित