राष्ट्रिय दैनिक / नवलपरासी ,१५ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव सम्पन्न गरिएको छ।
सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव सरावल –३ भिमटाडीमा सम्पन्न भएको हाे ।
“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” मुल नाराका साथ सो दिवस मनाइएको हो ।

सृष्टि तरकारी उत्पादन कृषक समृहकाे अध्यक्ष निरा चाैधरीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले यस सरावल गाउँपालिले आधुनिक कृषी तर्फ उन्मुख गरि स्वदेशमै रोजगारीको सृजना गर्ने बताउनुभयो । साथै उहाँले कृषी क्षेत्रको विकासको लागी सरावल गाउपालिकाले विभिन्न योजनाहरु अघि सारेको र आगामी दिनमा कृषकहरुलाई पर्ने ती सबै समस्याहरु समाधानका लागी आफुहरु लागि परेको भन्दै सरावलका अगुवा किसानहरुसंग राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै गाउपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले कृषि पेसालाई आधुनिकीकरण गर्नुपर्ने कुरामाथि जोड दिदै सरावल गाउँपालिकाले आधुनिक कृषि पेसालाई बढवा दिँदै पालिकाबासीलाई अर्गानिक र आत्मनिर्भर बनाउने भन्दै धान दिवसको सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

दहि चिउरा खाएर धान राेपाई गरेर सम्पन्न गरिएको २१ औं राष्ट्रिय धान दिवस तथा राेपाइ महाेत्सव कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई , वडा नम्बर २ वडा कार्वाहक अध्यक्ष तुफानीलाल गुप्ता ,वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , कृषि विकास शाखा प्रमुख कुलदिप मिश्रा र कर्माचारी तथा कृषकहरुकाे उपस्थिति रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

