Rashtriya Dainik

गण्डक ब्यारेज नाकामा अवैध रूपमा स्रोत नखुलेको भारतीय रुपैयाँ बरामद

आरपि उपाध्याय / नवलपरासी ,१३ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत गण्डक ब्यारेज नाकामा अवैध रूपमा स्रोत नखुलेको भारतीय रुपैयाँ बरामद भएको छ।

ब्यारेज पुलमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी र ईलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त जनशक्तिले बेवारिसे अवस्थाको भारतीय नोट बरामद गरेको हो।

भारतीय ३ लाखको नोट ५ सयको गड्डी ६ थान झोलामा लिएर भारत जान हिडेको एक व्यक्तिले सुरक्षाकर्मीलाई देख्नासाथ झोला फाली भागेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त जनशक्तिले उक्त रकम नियन्त्रणमा लिएको हो।

ब्यारेज पुलमा तैनाथ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भारतीय नोटलाई थप कानुनी कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीले बताएको छ।


त्रिवेणी स्थित गण्डक ब्यारेज नाकामा लागू औषध दुर्व्यसनीहरुको आवतजावतमा वृद्धि भए यता सुरक्षा निकायले त्यसैतर्फ ध्यान केन्द्रित बनाउदा गैरकानुनी रुपमा भारतीय रुपैयाँ ब्यारेज पुलको बाटो भइ भारततर्फ लगिदै गरेको अवस्थामा सुरक्षा निकायले सूक्ष्म ढंगको अनुसन्धानबाट उक्त भारतीय रुपैयाँ बरामद गरेको जानकारी पनि प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित