Rashtriya Dainik

शिवराजमा शर्पदंश उपचारका लागि नि:शुल्क ऐम्बुलेन्स सेवा

धर्मेन्द्र कुमार कुर्मी /विजयनगर ,१३ असार

कपिलवास्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले फेसबुकमा स्टाटस लेख्दै शिवराज नगरवासीलाई सर्पदंत सेवा लिनेहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिनु भयो ।तराई क्षेत्रमा गर्मी र बर्सातको समयमा सर्पको टोकाइ बाट धैरे व्यक्तिहरुको उपचारमा पहुँच नहुदा ज्यान गुमाउने गरेका छन् ।

शिवराज नगरपालिकाले यस अघी आफ्ना नगरवासीलाई निशुल्क रुपमा ऐम्बुलेन्स सेवा दिदै आएको थियो । नगर प्रमुख थापाको पहलमा गर्ववती महिलाहरुकालाई थप उपचारमा गर्न बुटवल भैरहवा सम्म निशुल्क ऐम्बुलेन्स सेवा दिदै आइरहेको छ ।

पालिकाले मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा र शिवराज वासीलाई शव वाहन सेवा निशुल्क दिदै आएको छ ।

शिवराज नगरपालिकाका मेयर थापाले यस अधि शिवराजमा निशुल्क शिक्षा अभियान संचालन गर्दे आएरहेका छन । नगर प्रमुख थापाले जनता वाट उठेको कर जनताको सेवामा खर्च गरिने बताउनु भयो । थापा यस क्षेत्रमा गरिब दुखिका लागि सहज सेवा उपल्बध गराउने नगर प्रमुखको रुपमा चिनिदै आउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित