आरपि उपाध्याय / नवलपरासी ,१३ असार
सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म अन्तर्गत चोरमारा वेशले अवैध रुपमा पश्चिमबाट पुर्वतर्फ ल्याइएको रासायनिक मल सहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
पुर्व पश्चिम राजमार्गको दुम्किबास सडक खण्डमा सशस्त्र प्रहरी बलको जनशक्तिले चेकजाँचको क्रममा बा.प्र. ३-०१-०२३च६५७२ नम्बरको पिकअप गाडीमा रासायनिक मल लोड गरि लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइ त्रिवेणी भन्सार कार्यालयलाई बुझाएको जानकारी भन्सार अधिकृत रामराज प्रसाद चौरसियाले बताउनु भयो।
सशस्त्र प्रहरी बल नेपाल चोरमारा वेशबाट खटेको सशस्त्र प्रहरी सहायक निरीक्षक राम बहादुर क्षेत्रीको नेतृत्वको टोलीले ७० बोरा युरिया रासायनिक मल नियन्त्रणमा लिएको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल चोरमारा वेशले बरामद गरेको रासायनिक मल र गाडीको मूल्य ७ लाख ६१ हजार रहेको छ भने उक्त बरामद सामाग्रीलाई भन्सारको नियम अनुसार निलाम गरिने पनि त्रिवेणी भन्सारले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

