Rashtriya Dainik

स्कुल जाँदै गर्दा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते

कैलाली । चट्याङ लागेर स्कुल जाँदै गरेका तीन जना बालिका गम्भीर घाइते भएका छन् ।

आफ्नै स्कुल मोहन्याम आधारभुत विद्यालयको गेटमा चट्याङ लागेर आज बिहान स्कुल जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका-९ बुदेनीका तीन बालिका घाइते भएको प्रहरीले जनएको छ।

प्रहरीका अनुसार चट्याङ लागेर घाइतेहुनेहरुमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएका तीनै जना बालिकालाई घोडाघोडी अस्पतालमा लगिए पनी थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित