आरपि उपाध्याय / नवलपरासी ,१० असार
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभा तथा आर्थिक वर्ष ०८१/०८२ को वार्षिक बजेट एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ।
गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा गाउँ सभा तथा वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले आ.व. ०८१/०८२ का लागि कुल ६४ करोड ६९ लाख ६३ हजार ५ सयको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। जसमा कुल बिनियोजन रकम मध्य चालू तर्फ ५४.५ र पुजिगत तर्फ ४५.५% रहेको थियो।
जसमा आन्तरिक राजस्व संकलनबाट १ करोड १० लाख रहने उपाध्यक्ष चौधरीले उल्लेख गर्नुभयो।
बजेट सार्वजनिक गर्दै उपाध्यक्ष चौधरीले दीर्घकालीन रणनीति बनाइ “समृद्ध सुस्ता,सुखी सुस्ता वासी” भन्ने मुल अभियानलाई पुर्णता प्रदान गर्न र अन्य अधुरा आयोजना यथाशीघ्र सम्पन्न गर्न बजेट केन्द्रित रहने बताउने भयो।
स्वास्थ्य,शिक्षा,खानेपानी र कृषि क्षेत्रलाई लक्षित रहने गरि तयार पारिएको बजेटबाट गाउँपालिका का हजारौं कृषक लाभान्वित रहने पनि बजेटमा उल्लेख गरिएको छ।
सार्वजनिक गरिएको बजेटमा पुर्वाधार विकास र स्वरोजगारीको माध्यमबाट गरिबी न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष चौधरीले जिकिर गर्नुभयो।

स्वास्थ्यको क्षेत्रमा सुस्ता अस्पताल निर्माणको लागि बजेट बिनिमयोजन भएको र आउदो आ.व. मा सो निर्माण कार्य अगाडि बढाउने पनि बजेटमा उल्लेख छ।
युवाहरुलाई स्वदेशमा रोजगार दिलाउने र महिला सशक्तीकरणलाई अझबढी प्रभावकारी ढङ्गले लागू गरिने तथा युवा, बालबालिका तथा अपाङ्ग केन्द्रित कार्यक्रम पनि सञ्चालन गर्न बजेटले प्राथमिकता दिएको बताइएको छ।
कार्यक्रममा सुस्ता वडा न.१ का वडा अध्यक्ष अशोक चौधरी,वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखिया,वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाध,वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङ,वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिर लगायतले बजेटको प्रभावकारीताबारे आफ्नो धारणा राख्नुभएको थियो।
बजेट सार्वजनिक पश्चात् बजेटबारे प्रतिक्रिया दिदै वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखियाले बजेट कस्तो भन्ने बारे भन्दा पनि बजेटको कार्यान्वयन पक्ष पारदर्शी भएमा मात्र बजेटको अवस्था मुल्यांकन गर्न सकिने बताउदै बजेटमा अझैपनी केहि महत्वपूर्ण कुरा छुटेको जिकिर गर्नुभयो।
बजेटबारे आफ्नो दृष्टिकोण राख्दै वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाधले नीति र कार्यक्रमभन्दा बजेट फरक ढंगबाट आएको बताउदै समय सापेक्ष बजेटमा खासै नयाँ कुरा नभएको प्रतिक्रिया दिनुभएको छ।

बजेट सार्वजनिकीकरणमा ज्ञानु न्यौपाने, कुन्ती चौधरी,गणेश उपाध्याय लगायतले बजेटबारे सुझाव सहितको प्रतिक्रिया दिनुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

