वीरगन्ज, १० आषाढ
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि ल्याएको विभिन्न किसिमको सामान ठुलो परिमाणमा पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भन्सारको मेन गेटको वरिपरिको ईलाकाबाट लत्ताकपडा , किराना सामान ऐप्पल कम्पनीको earbudr र स्मार्ट वाँचहरु बरामद गरेको छ।
सशस्त्र प्रहरी भन्सारले भारतबाट भन्सार छलि गरि भित्राएको किराना सामान , कपडा, Apple Company को Earbuds र स्मार्टवाच तथा मोबाईलमा प्रयोग हुने बिभिन्न किसिमका समानहरु करिब ३१ लाख १८ हजार ९५० रुपैया बराबरको पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले बताए।

पक्राउ परेको लत्ताकपडा , स्मार्ट वाँच र किराना सामना लगाएतको विभिन्न सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी रिजालले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

